काठमाडौँ। संसारमा कोरोना संक्रमितको आँकडा ३ करोड ४८ लाखभन्दा धेरै पुुगेको छ । निको भइसकेका बिरामीको संख्या २ करोड ५८ लाख ८९ हजार ७ सयभन्दा ज्यादा छ ।
मर्नेको संख्या १० लाख ३३ हजार नाघिसकेको छ । यो तथ्याङ्क वल्र्डोमिटर्स डट इन्फोको हो । यस्तोमा कोरोना भाइरस संक्रमणको पहिलो लहरलाई बल्ल–बल्ल नियन्त्रणमा ल्याएका केही देशहरु दोस्रो लहरको चपेटामा परेका छन् ।
फ्रान्समा तमाम कोसिसका बाबजुद दोस्रो लहरले खतराको घण्टी बजाइसकेको छ । शुक्रबार फेरि एकैदिन १२ हजारभन्दा धेरैमा संक्रमण देखियो । जसकारण, बाध्य भएर फ्रान्स सरकारले विभिन्न नयाँ नियमहरु लागु गरेको छ । पछिल्ला दुुई हप्ताभित्र यहाँ २ लाखभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
कोलम्बिया
कोलम्बियाका अन्य शहरको दाँजोमा राजधानी बोगाटामा दोस्रो लहरको खतरा ज्यादा देखिएको छ । यद्यपी, यस खतरालाई पार लगाउन प्रशासन तयार रहेको बोगाटाकी मेयर क्लाउडिया लोपेजको दाबी छ । उनी भन्छिन्, ‘हामीलाई लाग्छ कि दोस्रो लहर नोभेम्बर वा डिसेम्बर वा त्यस पहिले नै राजधानीमा फैलनसक्छ । तर, हामी तयार अवस्थामा छौं । आशा छ यो पहिलो लहरजस्तो खतरनाक साबित हुनेछैन।’
कोलम्बिया विगत ५ महिनादेखि लकडाउनमा छ । यद्यपी, पछिल्ला दिनहरुमा प्रतिबन्ध निकै खुुकुलो भइरहेको छ। सेप्टेम्बरदेखि केही रेस्टुरेन्टहरु पनि खुला गरिएका छन् । सरकारका अनुसार साना शहर र भुुपडबस्तीमा संक्रमणको खतरा समाप्त भइसकको छैन।
चीनमा १० नयाँ घटना
चीनमा शुक्रबार संक्रमणका १० नयाँ घटना देखिए। बिहीबार पनि यति नै व्यक्तिमा संक्रमण देखिएको थियो। यद्यपी, विदेशबाट आएका व्यक्तिमा मात्रै संक्रमण भेटिएको र स्थानीय संक्रमणको केही संकेत वा प्रमाण नदेखिएको सरकारले जनाएको छ।
यहाँ अहिले कुल १ सय ८९ जनामा सक्रिय संक्रमण छ। यसमध्ये केही व्यक्तिको अवस्था गम्भीर छ। चीनमा अहिलेसम्म कुल ८५ हजार ४ सय ३४ जनामा कोरोना देखिएकोमा ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको थियो।
म्याड्रिडमा लकडाउनको तयारी
स्पेनको राजधानी म्याड्रिडमा सरकारले केही हटस्पट्स पहिचान गरेको छ। सरकारका अनुसार यहाँ लकडाउन नलगाई संक्रमण रोक्न सहज छैन । यद्यपी, स्थानीय प्रशासन र मानिसहरुले यस निर्णयको विरोध गरिरहेका छन्।
पछिल्ला दुई हप्तामा यहाँ १ लाख ३३ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ, जो निकै दुःखद हो। म्याड्रिडमा ९ उपनगरीय इलाका छन्, यहाँ झन्डै ३० लाख मानिस बस्छन्। अहिले, बाहिरबाट आउने व्यक्तिलाई यहाँ प्रतिबन्ध छ।