काठमाडौँ। कान्तिपुर दैनिकका कर्णाली प्रदेश व्युरो प्रमुख कलेन्द्र सेजुवालको संयोजकत्वमा शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश समिति घोषणा गरिएको छ।
शनिबार पत्रकार सेजुवालको संयोकत्वमा ९ सदस्यीय समिति घोषणा गरिएको हो। समितिको सदस्यहरुमा विष्णु न्यौपाने (कालीकोट, अन्नपूर्णपोष्ट), मुना हमाल (सुर्खेत), उज्यालो एफएम र गोरखापत्र, डिबी बुढा (जुम्ला, नागरिक), राजन रावत (हुम्ला, गोरखापत्र) रहेका छन्।
त्यस्तै दीपकजंग शाही (सुर्खेत, सेतोपाटी), विशाल सुनार (दैलेख, एपीवान), परबिर ददेल (रुकुम पश्चिम, रेखदेख) र करिश्मा चौधरी (सुर्खेत, रेडियो नेपाल) छन्।
समूहको कर्णाली प्रदेश समन्वय समितिले जूम प्रविधिद्वारा आयोजना गरेको कार्यक्रममा समूहका अध्यक्ष तुला अधिकारीले कार्य समिति घोषणा गरेका थिए। सेजुवाललाई यसअघि नै समूहको कर्णाली प्रदेश संयोजक तोकिएको थियो।