खेलकुद प्रशिक्षकमा शाही


कालिकोट। राष्ट्रिय भलिबल खेलाडी जीवन शाहीलाई जिल्लाको राष्कोट नगरपालिकाले खेलकुद प्रशिक्षकमा नियुक्त गरेको छ।

बिहीबार खेलाडी शाहीलाई नगरपालिका भित्रका खेलकुद प्रतियोगिता तथा खेलाडीका लागि खेल प्रशिक्षकको जिम्मेवारी दिएको हो। खेलकुदको माध्ययमबाट नगरलाई शसक्त बनाउने उद्देश्यले उनलाई प्रशिक्षकको रुपमा नियुक्त गरिएको नगरको भनाई छ।

नगरभित्र र बाहिर हुने खेलकुद प्रतियोगिता लागि र खेल क्षेत्रमा नगरपालिकालाई अग्र स्थानमा ल्याउनका लागि शाहीले प्रयास गर्ने शाहीको भनाई छ।