काठमाडौँ। अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले संविधानको मौलिक हकको पटकपटक हत्या गरिदा पनि सरकार टुलुटुलु हेरेर बस्ने गरेको आरोप लगाएका छन्।
साथै उनले जनप्रिय सरकारले केही गर्छ? कि शैक्षिक माफियाका विरुद्ध हामी नै जाईलाग्नु पर्ने हो ? सरकारसङ्ग जबाफ मागेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेशबुकमा उनले लेखेका छन्, ‘विभिन्न बिदेशी नाम राखेर बिद्यार्थी (अबिभावक झुक्याउदै आएका कलेजहरुको नाम फेर्ने निर्णय भए पनि न सरकारले निर्णय कार्यन्वयन गर्यो न बिदेशी नामधारी कलेजले नाम फेरे। तिनै कलेजहरुले कोरोना महामारीका बेला मनपरि भर्ना गरिरहेका छन्। जथाभाबी शुल्क असुली रहेका छन्। हुँदा हुँदै विद्यार्थी (अबिभावकलाई धम्काएर शुल्क उठाई रहेका तथ्य प्रमाण बाहिरिएको छ।’
उनले अगाडि लेखेका छन्, “यति हुँदासमेत सिंहदरबारको जनप्रिय सरकार अमेरिकाको दुत पठाउने चिन्तामा मस्त छ। जनता निर्मित संविधानको मौलिक हकको पटकपटक हत्या गरिदा पनि टुलुटुलु हेरेर बस्ने लाचार सरकारले केहि गर्छ कि शैक्षिक माफियाका बिरुद्ध हामी नै जाईलाग्नु पर्ने हो। जबाफ चाईयो।”