प्रिमियर लिगको क्वार्टरफाइनलमा आर्सनल


काठमाडौँ। पेनाल्टी सुटआउटमा आर्सनलका गोलकिपर बर्नाड लेनो नायक बने।

उनले लिभरपुलका दुईवटा पेनाल्टी राके । त्यसपछि जो विलकले निर्णायक पेनाल्टीमा गोल गर्दै आर्सनललाई जीत दिलाए । आर्सनलका लागि मोहमद एल्नेनीले पेनाल्टी मिस गरे पनि लेनोले डेभिड ओरिगी र ह्यारी विल्सनको पेनाल्टी रोकेका थिए।

चार दिनअघि मात्र प्रिमियर लिगमा लिभरपुलसँगै ३–१ गोलअन्तरले पराजित भएको आर्सनलको हिजोको प्रदर्शनबाट म्यानेजर मिकेल आर्टेटा खुसी देखिए।

लिभरपुलमाथिको जीतसँगै उनले आफ्नो टोलीले एक कदम अगाडि लिएको जिकिर गरे । अब अन्तिम आठमा आर्सनलले म्यान्चेस्टर सिटीको सामना गर्नेछ। सबै खेल डिसेम्बरमा खेलाइनेछ ।