काठमाडौँ। दुधलाई सम्पूर्ण आहार मानिन्छ । दुधमा यति धेरै पौष्टिक तत्व हुन्छन् कि यसले माशंपेशीलाई बलियो बनाउनुका साथै बालबालिकाको उचाई पनि बढाउँछ । आयुर्वेदले दुधको सेवन गर्ने सही समय तोकिदिएको छ ।
यी पोषक तत्वले भरपुर छ दुधः
दुध प्रोटिन, क्याल्सियम र राइबोफ्लेपिन ९भिटामिन बी–२० युक्त हुन्छ । यसबाहेक यसमा भिटामिन ए, डी, के र ईसहित फस्फोरस, म्याग्नेसियम, आयोडिन तथा विभिन्न खनिज तथा ऊर्जा पाइन्छ ।
आयुर्वेदका अनुसार के हो नियम ?
– आयुर्वेदमा मिल्कशेक मनाही छ । यसको सबैभन्दा ठूलो कारण यो हो कि आयुर्वेदको नियम अनुसार आँप, केरा, खरबुजा र अन्य अमिलो फलफूलसँग कहिले पनि दुध वा दही खानु हुँदैन ।
– केरा जब दुधसँग मिल्छ तब अग्नि ९ग्यास्ट्रिक फायर० लाई कम गरेर आन्द्रालाई प्रभावित पार्छ जसका कारण विषाक्त पदार्थ ९टक्सिन० बन्छन् जसले पिनास, रुघा, खोकी, एलर्जीजस्ता समस्या बढाउन सक्छ ।
दुधको फाइदा अत्यधिक पाउनका लागि यो बेला सेवन गर्नुहोस्ः
यदि तपाईं आफ्नो शरीर र मासंपेशी बनाउन चाहनुहुन्छ भने तपाईं बिहान दुध पिउन सक्नुहुन्छ । यदि यस्तो होइन भने दुधको सेवन सुत्नु अघि गर्नु उचित हुन्छ । अतिरिक्त लाभका लागि तपाईं यसलाई अश्वगन्धासँग लिन सक्नुहुन्छ जसले निद्रामा सुधार गरेर तपाईंको स्मरणशक्ति बढाउन मद्दत गर्छ । आयुर्वेदले सबैलाई दुध पिउन सल्लाह दिन्छ तर जसलाई दुधको एलर्जी छ, उनीहरुले यसको सेवन गर्नुहुँदैन । तर यसको सेवनका लागि सबैभन्दा राम्रो समय बेलुकादेखि सुत्नेबेलासम्म हो । बिहान दुधको सेवन सकेसम्म नगर्दा नै राम्रो किनभने प्राचिन मान्यता अनुसार बिहान दुधको सेवन गर्दा शरीरलाई यो पचाउन भारी हुनसक्छ । जसका कारण तपाईं सुस्त महसुस गर्न सक्नुहुन्छ । पाँच वर्षभन्दा माथिका मानिसहरुले कहिले पनि बिहान दुध पिउनुहुँदैन किनभने यसमा भारी मात्रामा एसिडिटी हुन्छ । नुनिलो खाद्य पदार्थसँग दुधको सेवन पनि गर्नु हुँदैन ।
राती दुध पिउनुका फाइदाः
आयुर्वेदले मानिसहरुलाई बेलुका दुध पिउन सल्लाह दिन्छ । राती दुध पिउँदा ओजस वृद्धि हुन्छ । आयुर्वेदमा ओजस एउटा यस्तो स्थितीलाई भनिन्छ जतिबेला तपाईंले उचित पाचन प्राप्त गर्नुहुन्छ । सुत्नु अघि दुध पिउँदा तपाईं शान्त हुन सक्नुहुन्छ र तपाईंलाई मज्जाले निद्रा लाग्न मद्दत गर्छ ।