जुम्लामा कोरोना संक्रमित बढेपछि निषेधाज्ञा जारी



जुम्ला। कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले चन्दननाथ नगरपालिकामा अनिश्चित निषेधाज्ञा जारी गरेको छ।

जुम्ला प्रशनले असोज १५ गतेदेखि जारी गरिएको निषेधाज्ञा अर्को सूचना नआएसम्म जारी रहने एक विज्ञप्ति मार्फत जानकारी गराएको छ। बुधबार मात्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत दुई दर्जनभन्दा बढी स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिएको थियो।

चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको छ।

त्यस्तै अन्य नागरिकहरुमा पनि कोराना देखिएपछि प्रशासनले केही समयका लागि निषेधाज्ञा गर्नु परेको बताएको छ। गत साउन १२ गते जिल्लालाई कोरोना मुक्त घोषणा गरिएको थियो।

प्रेस विज्ञप्ति