चीनसँग जारी तनावकैबीच भारतद्वारा मिसाइल परिक्षण



काठमाडौँ। पूर्वी लद्धाखमा चीनसँग जारी तनावकै बीचमा भारतले मिसाइल परीक्षण गरेको छ।

भारतको रक्षा अनुसन्धान र विकास संगठन (डिआरडिओ) ले बिहीबार स्वदेशी लेजर गाइडेड एन्टी ट्याङक मिसाइल सफलतापूर्वक परीक्षण गरेको हो। मिसाइल सफलतापूर्व परीक्षण गरेलगत्तै भारतीय रक्षामन्त्री राजनाथसिंहले डिआरडिओलाई बधाई दिएका छन्।

भारतीय रक्षामन्त्रालयका अनुसार यो मिसाइल महाराष्ट्रको अहमदनगरबाट परीक्षण ‘फायर खोलिएको’ गरिएको थियो। यसअघि २२ सेप्टेम्बरमा अहमदनगरमा यसको सफलतापूर्वक परीक्षण गरिएको थियो।

यो मिसाइलले १.५ किलोमिटरसम्म मार हान्ने क्षमता राख्दछ । त्यसैगरी बुधबार पनि भारतले बालेश्रमा जमिनबाट जमिनमा मार हान्ने क्रुज मिसाइल ब्रम्होसको सफलतापूर्वक परीक्षण गरेको थियो ।