काठमाडौं। पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाप्रती प्रधानमन्त्री केपी ओली देखाएको अतिरिक्त संरक्षणले बजार तताएको छ।
(नेकपा) पार्टीमा प्रत्येक्ष जनताको मत जितेर सांसद भएकाहरूलेसमेत मन्त्री बन्न नपाएको स्थिति छ। त्यस्तै ४ पटकसम्म सांसद जितेर मन्त्री बन्न नपाएकाहरूको नेकपामा धेरै छन्।
तर, राष्ट्रपतिले मनोनीत गर्ने कोटाबाट सांसद् बनेका डा. खतिवडाले एकै पटक अर्थमन्त्री बने।
अर्को रहस्य डा. खतिवडा मन्त्री बनेपछि मात्रै पार्टीको राजनीतिमा फर्किएका हुन्। योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, राष्ट्रियसभा सदस्य, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार लगायतका पदमा सजिलोसँग बिराजमान हुन पाएका खतिवडालाई अमेरिकाको लागि राजदुत नियुक्त गरेको छ। त्यस्तै बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त गरेको छ।
बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।