कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानका २७ जना चिकित्सकमा कोरोना



जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

बुधबार अस्पतालका ५२ जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण देखिएको हो।

बुधबार नै गरिएको परीक्षणमा भर्ना भएका पाँच जना अन्य बिरामीमा पनि कोराना संक्रमण देखिएको अस्पतालले जनाएको छ।

ठूलो संख्यामा एकैपटक स्वास्थ्यकर्मी र बिरामी संक्रमित भएपछि प्रतिष्ठानले अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ।