कुनै दीर्घरोग नभएका कोरोना संक्रमितको मृत्यु



काठमाडौँ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कुनै दीर्घरोग नभएका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो।

विराट मेडिकल कलेज विराटनगरबाट कोरोना संक्रमण पुष्टि भएको र उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याइएको र गम्भीर अवस्थामा रहेका उक्त संक्रमितको उपचारका क्रममा बुधबार राति ९स्३० बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताए।

डा. सापकोटाका अनुसार उक्त संक्रमितमा पहिलेदेखि कुनै पनि प्रकारको दीर्घ रोग वा अन्य कुनै रोग थिएन। अस्पतालका अनुसार मृतकको शव नियमानुसार व्यवस्थान हुँदैछ।