काठमाडौँ। चीतवनको चेपाङ बस्ती र धनुषा जनकपुरको सबैला नगरपालिकाको कोलमोरका लगभग दुई सय ६० घर धुरिलाई हण्ड्रेट (१००) ग्रुपले राहात वितरण गरेको छ।
मंगलबार विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण समस्यामा परेका परिवालाई राहत वितरण गरिएको हो।
उपस्थित संस्था हण्ड्रेस ग्रुप र वाचुक रापत्यन लामा र सडुप लामा (गुरु)का साथै हाल अमेरिका बस्दै आएका समाजसेवी लीला गुरुगको संयुक्त प्रयासमा २ सय ६० घर धुरिलाई राहत वितरण गरिएको थियो।
समस्यामा परेका व्यक्तिहरुलाई चामाल, दाल, नुन, तेल, लत्ताकपडा वितरण गरिएको थियो। ग्रुपका संयोजक अंक्षु यादव भन्छन्, ‘कोरोना भाईरसको मारमा दैनिक ज्यालादारी गरी खाने समुदायहरु लकडाउन तथा निषेधाज्ञा हटे पनि रोजी रोटी पाएको अवस्था छैन।’
उनले अगाडि भने, ‘हाम्रो उद्देश्य भनेको कोरोना कसैलाई नलागोस्, कोही नमरुन र भोकै कोही नबसुन भन्ने नै हो। त्यसैले खाना वा राहत वितरण गर्दा पनि सकेसम्म सामाजिक दूरी कायम गर्ने हो। स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। सबैले सचेत रहनु पर्छ। आफू बाँच्ने र अरुलाई पनि बचाउने कोसिस गर्नुपर्छ।’