काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले राजधानीको खुल्लामञ्च पुगेर सर्वसाधारणका लागि खाना खुवाएका छन्।
बुधबार बिहान खुल्लामञ्च (पुरानो बसपार्कस्थल) पुगेर नेता भट्टराईले सर्वसाधारणलाई खाना खुवाएका हुन्। कोरोना महामारीका कारण भएको लकडाउनका कारण कष्टप्रद जीवन विताउँदै आएका सर्वसाधारणलाई यसअघि देखिनै हाम्रो टिम नेपाल नामको संस्थाले त्यहाँ खाना खुवाइँदै आइरहेको छ।
डा.भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई खाना बाँडेका थिए। खाना बाँड्दा उनले सर्वसाधारणहरुसँग केहीबेर कुराकानीसमेत गरेका थिए। भट्टराईसँग जसपाकी नेतृ हिसिला यमी पनि खुल्लामञ्च पुगेकी थिइन्।