बाह्र वर्षकी बालिकाद्वारा रुखमा झुण्डिएर आत्महत्या


कोहलपुर। बाँकेको कोहलपुरमा बाह्र वर्षकी बालिकाले झुण्डिएर आत्महत्या गरेकी छन्।

कोहलपुर-१२ स्थित मसुरीखेतका स्थानिय बासिन्दा रेशम रानाकी छोरी चन्द्रकला रानाले घर पछाडी डुम्रीको रुखमा नाम्लोको डोरी लगाई आत्महत्या गरेकि हुन्।

मृतककी एक दिदी, हजुरआमा छन् भने आमाबुबा दुबैजना विदेशमा छन्। घटनास्थलमा प्रहरी पुगिसकेको छ र थप अनुसन्धान भइरहेको छ।