कांग्रेसको १४औँ महाधिवेशन: सहमतिको महाधिवेशन


विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन तोकि एकै मितिमा हुने संभावना कम देखिन्छ। तथापि पनि पार्टी भित्रको इतर पक्ष तोकिएकै समयमा महाधिवेशन भएन भने बैधानिक संकट आउने र यसले पार्टीलाई धरापमा पार्ने आसङ्का व्यक्त गर्दैसभापति देउवालाई मनोबैज्ञानिक दवाव दिइरहेको परिस्थिति छ।

तर सस्थापन पक्ष प्रकृतिगत रूपमा उत्पन्न जटिल परिस्थितिको सामना गर्न र मानवीय समवेदनालाई ध्यानमा राखी केही समय पर सार्न सर्वसम्मत निर्णयको पर्खाइमा रहेको छ। सस्थापन पक्षको यो बुद्विमानी सबैका लागि पनि हितकर हुने देखिन्छ।

राज्य संचालकलाई यो कोरोना कहर लैनो भैंसी भैरहेको बेला प्रमुख प्रतिपक्षको महाधिवेशनको लामो समय सभापतिका आकाङक्षीहरुका लागि पनि भित्रभित्रै स्वर्णिम अवसर बन्न पुगेको छ। बाहिर जस्ले जे बोले पनि भित्री मनसाय भने सबैको महाधिवेशनको मिति केही समय पर धकेलियोस् भन्ने नै हो।

यसर्थ महाधिवेशन तोकिएकै मितिमा होस् अथवा अर्को सारिएको मितिमा होस् नयाँ नेतृत्व सहमतिबाट आओस भन्ने चाहना आम मानिसको छ। वर्तमान नेकाको बिधानले पार्टीमा प्रशस्त पदको व्यवस्था गरेकोले सबै नेताहरूको उचित व्यवस्थापन हुने प्रशस्त ठाउँहरु छन्। एकातिर बलियो कम्युनिस्ट सरकार छ। सरकार मात्र होईन उसका हरेक क्रियाकलाप आत्मकेन्दीत र जनबिरोधि छन्। जनताको भलाईको नारा दिए र भोट बटुलेको कम्युनिस्ट सरकार कमाउनिष्ट बन्दै गएकोमा उनीहरुकै कार्यकर्तामा व्यापक असन्तुष्टि छ।

आम नेपाली जनताले सर्बहाराको सरकार अरबौको भ्रष्टाचारमा चुर्लुम्म डुबेको तितो अनुभूति गरिरहेका छन्। नातावाद, परिवारवाद,आर्जनवाद मार्क्सवाद र माओवादका पर्याय भएका छन्। जनतालाई भ्रम बाडेर आफू पूजिपती बन्ने कम्युनिस्ट नेताको माएलेस्मा (मार्क्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओवादको नवीन सोचको परिस्कृत रुप यही हो भन्ने कुरा इतिहासले प्रमाणित गर्दैछ र त्यो हामी प्रत्यक्ष रूपमा भोग्दैछौं।

देश बर्बाद हुँदै गरेको र जनता आहत भैरहेको यस्तो दर्दनाक परिस्थितिमा नेपाली काङ्ग्रेस जस्तो ऐतिहासिक र क्रान्तिकारी पार्टीमा निर्वाचन भन्दा सहमतिकै बाटोबाट नवीन नेतृत्व निर्माण गर्नु उपयुक्त मार्ग हो। जुन नेतृत्वले आम कार्यकर्ताको मनोवल बढ्छ। नेकपासङ्ग लड्ने ताकत निर्माण गर्छ। पार्टीभित्रको तिक्तता कम गर्छ। गुट उपगुटको पनि अन्त्य हुन्छ।

जनताको साच्चै भरोसाको पार्टी बन्छ। सानातिना पार्टीको ओत लाग्ने ठाउँपनि बन्छ। परराष्ट्र नीतिमा बिश्वासको बाताबरण सिर्जना हुन्छ। जसले गर्दा दुबै छिमेकी र अन्य छिमेकीलाई पनि लगानी गर्न सहज हुन्छ। लोकतान्त्रिक मुल्यमान्यता र गणतन्त्रको सस्थागत बिकासका साथै गणतन्त्र स्थायित्व हुनसक्छ। सबैमा म काङ्ग्रेस हुँ काङ्ग्रेस मेरो हो र सुखी नेपाली समृद्ध नेपाल नारालाई सार्थक बनाउन सकिन्छ।

राणा हटाउने ००७ सालको क्रान्ति देखि राजा हटाउने ०६२÷०६३ को क्रान्तिको नेतृत्व गरेको नेपाली काङ्ग्रेस तब मात्रै असली अर्थमा जनताको पार्टी बन्ने थियो र च्याउरुपी नेकपाहरु यसरी जनताको आँसुमा महल बनाउने दुस्प्रयत्न गर्ने थिएनन्।