फिड द हंग्री नेपाल र मिरमिरे युवा समाजद्वारा राहत वितरण



काठमाडौँ। राजधानीके सिनामंगलमा ५ सय जनालाई राहत वितरण गरिएको छ।

फिड द हंग्री नेपालको सहयोगमा मिरमिरे युवा समाज सिनामंगलले आइतबार दैनिक ज्यालादारी गरी बिहान–वेलुकाको छाकटार्ने ५ सय घर परिवाहरुलाई राहत वितरण गरिएको हो।

दैलेख, उदयपुरको चौडण्डीगढीमा स्वास्थ्य सामाग्रीहरु वितरणपछि मिरमिरे युवा समाज नेपालले लकडाउन र निषेधाज्ञाको मारमा परेका गरीब, मजदूरी गरीखाने परिवारहरुलाई राहत वितरण गर्न सुरु गरेको थियो।

आज ३ हजार किलो चामल, ६ सय केजी दाल, ६ सय केजी नुन, ३५० लिटर तेल वितरण गरिएको जानकारी मिरमिरे युवा समाज सिनामंगलका अध्यक्ष दिनेश विक्रम शाहले जानकारी दिए।

अध्यक्ष शाह भन्छन्, ‘कोरोना भाईरस कोभिड १९ को प्रभाव पर्न नदिनको लागि समाजले यो भन्दा अगाडि सिनामंगल एरियालाई सोडिएम हाईपो क्लोराईड गरिएनुका साथै लकडाउनले विभिन्न अस्पतालहरुमा रगतको अभाव देखिएकाले ब्लड डोनेशनबाट ८८ पिन्ट रगत जम्मा गरिनुका साथै बल्खु तरकारी बजारबाट तरकारी ल्याएर वितरण गरिएको र पशुपति र स्वयम्भूका पशुपन्छीहरुलाई फलफुल बाँडिएको थियो।

अभियान सागर सुवेदी संयोजक रहेको फिड द हंग्री नेपालले कोरोना भाईरस कोभिड–१९ का कारण सरकारले लगाएको पहिलो चरणको लकडाउन र दोस्रो पटकको निषेधाज्ञा हुँदै अहिलेसम्म १८ हजार ३ सय ३४ किलो चामल, त्यहीअनुसारको दाल, नुन, तेल, चिउरा, सोयाविन आदी वितरण गरिसकेको जानकारी संस्थाका सदस्य देवान्स बोगटीले जानकारी दिए।

उनी भन्छन्, ‘हाम्रो संस्थाले प्रोजेक्ट थाली पकाएको खाना थालमा अभियान अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर र तनहुँसम्म १४ सय परिवारहरुलाई वितरण गरिसकिएको छ र आवश्यकताअनुसार हामी यस्ता प्रकारका सामाजिक कार्य जारी राख्नेछौं।

उनले मिरमिरे युवा समाजसँग सहकार्य गरी आउँदो एक महिनामा करिब २ सय जनालाई निःशुल्क खाना वितरण गरिने सन्दर्भमा छलफल भईरहेको जानकारी दिए।