डिग्री होल्डर इराजनले हुम्लामा फलाए बोधिचित्त



हुम्ला। जिल्लामा बोधिचित्त फल्न थालेको छ।

गत वर्षबाट फल लाग्न थालेको बोधिचित्तको बिरुवाले यो वर्षमा बढी दाना फलेको हुम्ला सर्केगाढ ५ गोठिका इराजन शाहीले बताएका छन्। शाहीका अनुसार २०७२ सालमा काठमाडौँको अनामनगरको एक नर्सरीबाट ५ बुटा हुम्ला पठाए पनि जम्मा दुई बुटा हुर्केको थिए। उक्त बिरुवाले गत वर्षबाट फल दिन सुरु गरेको शाहीको भनाइ छ।

समुन्द्री सतहदेखी १२ सयदेखि ३५ सय मिटरको उचाइसम्म फल्ने उक्त बोधिचित्त हुम्लामा ख्यालख्यालमै लगिएको र स्याहार मल जल गर्न नभ्याउँदा पनि फलेको देख्दा हुम्लामा पनि यसको व्यवसायिक खेती गर्न सक्ने सम्भावना बढेको शाही बताउछन्। वर्षको दुई पटक फल लाग्ने बोधिचित्त मलजल गर्न सक्यो भने आम्दानिको राम्रो श्रोत बन्न सक्ने उनको भनाइ छ।

पहिलो दाना साउनमा टिप्न मिल्ने दोर्सो पटक माघमा टिप्ने यो बिरुवा जमिनमा पानि नजम्ने माटोमा हुर्कने र जति दाना सानो भयो त्यति महंगो हुन्छ। २०७२ सालमा ७५० को दरले ५ वटा बिरुवा हुम्ला पठाएको स्मरण गर्दै शाहीले आफू त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रबाट डिग्री गरेकोले पनि अर्थ तिर चासो राख्ने बताउछन्।

उनी भन्छन्, ‘हुम्ला तिब्बतको सीमाना नजिक भएको कारण बौद्ध धर्मालम्बीको बाहुल्यता भएको कारण हुम्लामा सबै सर्बेक्षण गरेर बोधिचित्त खेती गर्ने हो भने बजार राम्रो पाउने सुनाउछन्।

उनी भन्छन्, ‘ब्यबसायिक गर्न पायो भने कृषीमा राम्रै आम्दानी हुने थियो।’ सर्केगाढ गाउंपालिका अन्तर्गत कल्फ्यामा फलेको बोधिचित्त हाल थोरै फल लागे पनि राम्रो हेरचाहा मलजल र स्याहार गर्यो भने आउँदा दिनमा राम्रै कमार्इ हुनेमा विश्वस्त छन्। यदी बेचबिखनको लागि राम्रै फल्न नसके पनि भाबी सन्ततिले याद गर्न सम्झन लायक काम गरेकोमा पनि फुरुङ्ग छन् शाही।