देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ पुग्यो



काठमाडौँ। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सक्रीय संक्रमितको संख्या १८ हजार ३४१ पुगेको छ।

जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन्। सरकारले नेपालमा २५ हजार सक्रिय संक्रमित पुगेको अवस्थामा पुनः लकडाउन गर्ने यस अघि नै जानकारी दिइसकेको छ।

बितेको २४ घण्टामा मन्त्रालयका अनुसार १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। त्यस्तै काठमाडौँ उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी जम्मा ७२४ जनामा संक्रमण पुष्टि भएको छ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको जानकारी दिएका छन्। यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ।