प्रधानमन्त्रीकी निजी चिकित्सक डा.शाहलाई कोरोना पुष्टि



काठमाडौँ। प्रधानमन्त्रीकी निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) की डिन डा.दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर टेष्ट गर्दा शनिबार पोजेटिभ रिपोर्ट आएको हो। साथै उनी होम आइसोलेसनमा बसेकी छन्।

डा.शाहउनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छैनन्। तीन दिन अघि डा.गोविन्द केसीलाई भेटेको तर सामाजिक दुरीलगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको स्पष्ट पारेकी छन्।