राजु परियार र कमला घिमिरेको स्वरमा ‘मस्यौरी’


काठमाडौँ। लोकप्रिय लोक तथा दोहोरी गायक राजु परियार, भाइरल बाल गायिका कमला घिमिरे र रञ्जन थापा मगरको संयुक्त आवाजमा ‘मस्यौरी’ बोलको लोक दोहोरी गीत बजारमा आएको छ।

गायक, सर्जक प्रदिप अधिकारीको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको शब्द रचना रमेश बीजीले गरेका छन् भने सर्जक अधिकारीको लय भाका रहेको छ।

झलक संगीतमको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन र छायांकन दिपेन्द्र तिमिल्सिनाले गरेका हुन भने एचबीएन किस्मतले सम्पादन गरेका हुन्।

गीतमा विमल अधिकारी, विकास फेरोज, हेरुका लामा, निर आले, लक्ष्मि तिमिल्सिना, मेनुका परियार शिव हमाललगायतको अभिनय देख्न सकिन्छ।

यसभन्दा पहिले गायक अधिकारीको शब्द तथा धुव्रराजा धितालको संगीत रहेको ‘साह्रै मन अत्याउने’ बोलक गीत चर्चा बटुल्न सफल बनेको थियो।