बितेको २४ घण्टामा १३१३ जना कोरोना संक्रमित थपिए


काठमाडौँ। बितेको २४ घण्टामा १३१३ जना कोरोना भाइरस (कोभिड १९) को संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन्।

यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ। उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोनाभाइरस संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ।

आइसीयूमा २२७ जना र भेन्टिलेटरमा ३९ जना रहेका छन्। ७ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ७ जिल्ला कोरोनासंक्रमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जनाको जनाको निधन भएको छ। योसँगै मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।