विद्युत कर्मचारीको शव भेटियो


काठमाडौँ। तीन दिन पहिले कपिलवस्तुमा विद्युत प्राधिकरणको गाडी बाढीले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुखको शव भेटिएको छ।

बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यलय जितपुरका प्रमुख कृष्ण पौडेलको शव शुक्रबार फेला परेको हो। बेपत्ता पौडेलको ३ दिन देखी नेपाली सेना, सशस्त्र प्रहरीसहित गोताखोरको टोलीले खाजीकार्य जारी राखेको थियो। सोही क्रममा आज दिउँसो भेटिएको हो।

पौडेलको शव कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सगरहवाघाटको पश्चिम तर्फ फेला परेको हो। ३ दिनदेखि खोजीकार्य जारी राखेपनि नभेटिएपछि आज दुबै तर्फ बाट बोटिङ गरी खोजी गर्ने तयारी थियो।

बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कज्वे पुलमा आएको बाढीले विद्युत कार्यलयको जीप सहित ६ जनालाई बगाएको थियो। जसमा ३ जना पौडिएर बाच्न सफल भएका थिए भने ३ जनाको मृत्यु भएको थियो।

चालक गुल्मीका माधव पाण्डेयको सोही दिन बुधवार र अर्को स्थानीय अर्घाखाचीको शीतगंगा नगरपालिका केशव भाटको शव हिजो फेला परेको थियो।