त्रिवी र नेविसंघबीच असोजभित्रै परिक्षा मिति तोक्ने सहमति



काठमाडौं। त्रिभुवन विश्वविद्यालय ९त्रिवि० वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवी समितिबीच २३ बुँदे सहमति भएको छ ।

त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच विहीबार सहमति भएको हो ।

उनीहरुबीच कोभिड १९ का कारण स्थगित भएका त्रिवीका परीक्षाहरु आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ। यस्तै टियू भिजन २०३० को कार्यान्वयनकमा अग्रसरता लिँदै त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुरधारमा जोड दिने विषयमा पनि सहमति भएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा।डा। बलराम प्रसाईंलाई गरेको नियुक्ति सच्याउन राजी भएको छ ।

यता नेविसंघ त्रिवी समितिले पनि त्रिविका पदाधिकारी निषेध लगायतका सम्पूर्ण आन्दोलन फिर्ता लिएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले पछिल्लो सयम विभिन्न माग राखेर प्रदर्शन गर्दै आएको थियो ।