कोरोना मुक्त हुनेको संख्या ५० हजार नाघ्यो



काठमाडौँ। बितेको २४ घण्टामा ४ सय ५७ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार यो कूल संक्रमितको ७२.७४ प्रतिशत हो। बुधबार नेपालमा १ हजार ८ सय ९३ जना संक्रमित निको भएका थिए।

मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म ९ लाख ५५ हजार ९ सय २३ परीक्षणहरु गरिएका छन्। यस्तै, २४ घण्टामा ११ हजार ४ सय ४९ परीक्षण भएका छन्।

यस्तै, ९ हजार ८ सय २३ जना होम आइसोलेसनमा रहेका छन्। मुलुकभर सक्रिय कोरोना संक्रमिको संख्या १८ हजार ४ सय ३७ जना रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको बताएका छन्।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४५७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५० हजार ४ सय ११ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १८ हजार ४ सय ३७ जना छन् भने ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।