अध्यक्ष बमद्वारा जिते बजारमा सौर्य बत्ति जडान


कालिकोट। पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जिल्लाको जिते बजारमा सौर्य बत्ति जडान गरेका छन्।

जिते बजारमा मजदुरहरुले रातको समयमा भारी बोकेर झोलुंगे पुल वारपार गर्दा सास्ती खेप्नु परेको देखेपछि अध्यक्ष बमले व्यक्तिगत रुपमा ३ लाख ५० हजार मूल्यका पाँचवटा सौर्य बत्ति जडान गरेका हुन्।

सडक सौर्य बत्ति जडान गरेपछि हाटबजार क्षेत्रमा काम गर्ने मजदुरहरुले सहज भएको बताउँदै अध्यक्ष बमलाई धन्यवादसमेत दिएका छन्। कर्णाली राजमार्गबाट कर्णाली करिडोरमा सामान पुर्याउन कर्णाली नदिमा रहेको झोलुंगे पुलको सहायताबाट मजदुरले सामान वारपार गर्ने गरेका छन्।