वर्षाको वितण्डा: पाल्पामा पाँच र स्याङ्जामा ९ जना बेपत्ता


काठमाडौँ। अविरल वर्षापछि आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने ९ जना बेपत्ता भएका छन्।

कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। बालिङ नगरपालिका ९ कमादीमा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने नौ जना हराईरहेका छन्। पहिरोमा परि हराएकाहरुको खोजी र उद्धारका लागि नेपाल प्रहरीको टोली परिचालन भइरहेको छर

त्यस्तै पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पाँच जना पुरिएका छन्। बुधबार राती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जना परिएका हुन्।