सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुन: लकडाउन



काठमाडौँ। उग्र रुप लिइरहेको कोरोनाको थप जोखिमका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ।

बुधबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ। २५ हजारभन्दा बढी संक्रमित भएको खण्डमा अस्पतालको क्षमताले धान्न नसक्ने मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका तथ्यांकअनुसार बुधबारम्म देशभरीमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ। मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ।

सरकारले गत चैतमा ११ गतेदेखि जारी गरेको लकडाउन १ सय २० दिनसम्म कायम राखेको थियो। अहिले स्थानीय तह, प्रदेश र जिल्लाको कोरोना नियन्त्रण समितिले स्वायत्त रुपमा काम गरिरहेको छ।