काठमाडौँ। नेकपा कालिकोटका सचिवालय सदस्य तथा राष्ट्रिय युवासंघका नेता वकिल बमको पहलमा जनयूद्धकी घाइते लक्ष्मि दर्जीको परिवारलाई राहत प्रदान गरिएको छ।
व्यवसायी शन्तोष थापालगाएतका युवाहरुले जुटाएको सहयोग मंगलबार नेता बमले लक्ष्मीलाई हस्तान्तरण गरेका हुन्। कालिकोट घरभएकी दर्जी हाल काठमाडौँमा उपचारत छिन्। साथै सरकारले लगाएको लकडाउन, निषेधाज्ञाका कारण जीवीका चलाउनसमेत धौधौ भएपछि उनले सहयोगको अपिल गर्दै आएकी छन्।
नेता बमको टिमले पुर्व जनमुक्ति सेनासमेत रहेकी घाइते दर्जीको परिवारलाई हजार नगदसहित खाद्यान्ह सहयोग गरेको हो। परिवर्तनको लागि योग्दान दिएकी लक्ष्मी अहिले समयमा उपचार र खाना बस्ने समस्यासँग जुधी रहेकी छन्। राज्यले आफूलाई नहेरेको र समयमा उपचारमा सहयोग नगरेको लक्ष्मीको आरोप छ।