भरत र पूर्णीमाको आवाजमा ‘दशा’ सार्वजनिक


काठमाडौँ। गायक भरत परियार र पूर्णीमा परियारको समूधुर आवाजमा प्रदेशीएका लाखौं नेपालीहरुको जीवन कथामा आधारमा ‘दशा’ बोलको गीत बजारमा आएको छ।

गायक परियारको शब्द तथा संगीतमा तयार पारिएको गीत मनाश्लु टिभीको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। प्रदेशमा रहेका लाखौं नेपालीहरुको जीवन कथामा आधारित उक्त गीतको म्युजिक भिडियो मानबहादुर पुनले निर्देशन गरेका हुन्।

निर्देशक पुनकै छायांकन तथा सम्पादन रहेको गीतमा मिलन लामा, मिया लामा, सिद्धान्त लामा, कविता लामा, अमर सिलवाल र बाल कलाकार अरुणा तामाङको अभिनय रहेको छ।