जुम्ला। देशभरका सामुदायिक रेडियोकर्मीका लागि (कोभिड-१९) र मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्य सम्बन्धि तालिम दिइने भएको छ।
उक्त तालिम यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओको सहकार्यमा असोज ५ गतेदेखी सुरु भएकोस हो।
र्भच्युएल तालिम १३ वटा समुहमा बिभाजन गरिएको छ। एक समूहलाई एक दिन गरेर १३ दिनसम्म तालिम सञ्चालन हुनेछ। तालिमको सुरुवात गर्दै कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक अरुण कुँवरले रेडियोकर्मीले मानसिक तथा मनोबैज्ञानिक स्वास्थ्यको बारेमा आम स्रोतालाई सही सूचना तथा जानकारी दिनेमा भूमिका खेल्न सक्ने बताए।
यूनिसेफका विकासका लागि सञ्चार शाखाका प्रमुख सञ्जु भट्टराईले देशभरिका रेडियोकर्मीहरुलाई प्रशिक्षण दिए पश्चात निरन्तर सहकार्य गरेर एउटै सञ्जालमा जोडिइरहने बताए। उनले तालिम पश्चात फेलोसिप र पुर्नताजकि तालिम आवश्यकता र मागअनुसार सञ्चालन गर्न सकिने बताए।
सीआईएनका प्रवन्धक एवं तालिम संयोजक दीपक आचार्यले देशभरिका एक रेडियो पनि तालिममा सहभागि हुन नछुटोस् भनेर खुल्ला आवेदन आह्वान गरेको जानकारी दिए। अझैं पनि कोही छुटेको भए आवेदन दिन पाउने आचार्यले बताए।
सामुदायिक रेडियोमा पनि काम गरि अन्य सञ्चार माध्यममा पनि जिल्ला संवाददाताको रुपमा काम गर्ने सञ्चारकर्मीहरु तालिममा सहभागि भएकाले तालिमले मानसिक स्वास्थ सम्बन्धि रिपोर्टीङमा सुधार आउने विश्वास व्यक्त गरिएको छ।
बढ्दो आत्महत्यालाई निरुत्साहित गर्नको लागि र परामर्शमा जानको लागि आम स्रोतालाई प्रत्साहन गर्ने सामग्री सञ्चार माध्यमको प्राथमिकता पार्ने तालिमको उद्देश्य रहेको छ। ख्याति प्राप्त चिकित्सकहरु, युनिसेफ र सीआईएनका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन्।