कालिकोट। कर्णाली प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम कालिकोटमा दुरुपयोग भएको पाइएको छ।
बेरोजगारीहरुलाई रोजगरी दिलाउन सञ्चालनमा ल्याएको उक्त कार्यक्रमको रकम दुरुपयोग भएको पाइएको हो। जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित गावखोलादेखी लामपाटासम्मको सिचाँई कुलो निर्माणमा वडाअध्यक्ष विष्णुप्रसाद देवकोटाले मुख्यमत्री रोजगार कार्यक्रमको रकम आफ्ना परिवारका सदस्य तथा सरकारी जागिरेलाई प्रदान गरेका छन्।
उनले विद्यालयका प्रध्यानाध्यापक तथा आफ्नै भाई मानप्रसाद देवकोटा, सुर्खेतमा बस्ने भाई-बुहारी जौमती देवकोटा, गडुलस्नानी आधारभुत विद्यालयका शिक्षक तथा आफ्नै छोरा धर्मराज देवकोटा र बुहारी सोही विद्यालयकी शिक्षिका शुर्जकला पाण्डेलाई बेरोजागार सूचिमा राखेर मुख्यमन्त्री रोजगार कार्यक्रमको पैसा दिएको पाइएको छ।
यस्तै उनका परिवारकै शिक्षक पदमलाल देवकोटाको पनि काम नै नगरी उनीहरुको खातामा पैसा हालेका छन्। वडाअध्यक्ष देवकोटाकी भाई बुहारी जौमती देवकोटा सुर्खेतमा बस्दै आइरहेको तर, उनको रोजागर कार्यक्रममा ४५ दिन काम गरेको हाजिर पेश गरेर पैसा खातामा हालेको देखिएको छ। तर, उनले एक दिन पनि काम नगरेको एकजना स्थानीयले जानकारी दिएका छन्।
उनले भने, ‘गाउँमा बेरोजागार युवा युवतीले काम नपाएर अन्य स्थानीय तहमा जानु परेको छ। उता वडाध्यक्षले आफ्ना विद्यालयका प्रअ भाई, बुहारी, छोरा र भाई बुहारीलाई कामै नगरी हाजीर चढाएर पैसा खातामा हालिदिएको जानकारी दिए। उनले भने, ‘चुनावमा गरिब निमुखा र बेरोजगारलाई रोजागरी दिने भनेर भोट मागे आज आएर आफ्नै पोल्टा भर्ने कामले जनप्रतिनिधिमाथी जनताले गर्ने विश्वास टुटिसकेको छ।’
यस विषयमा वडाध्यक्ष देवकोटालाई बुझ्नखोज्दा उनले आफनो भाई बुहारीले २५ दिन काम गरेको दाबी गरे। ४५ दिन काम नगरेको कुरा भने स्वीकार गरेका छन्।
उनले भने, ‘समितिका अध्यक्ष भरत देवकोटाले हाजिर बढाए होलान्। मैले हालेको हैन।’ यस्तै वडाध्यक्षकै बुहारी सुजाकला पाण्डेको पनि काम नै नगरी ४५ दिन काम गरेको हाजिरी पेश गरेर पैसा खातामा हाल्दिएको पाइएको छ। तर, वडाअध्यक्ष देवकोटाले भने ४५ दिन काम नगरे पनि काम गर्न आएको बताउछन्। यो समाचार अनलाइनन्युजखबरबाट साभार गरेका हौं।