डा. केसी नेपालगञ्जमा रोकिए



काठमाडौँ। जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा.गोविन्द केसी विमान नपाएपछि सोमबार बाँकेको नेपालगञ्जमा अड्किएका छन्।

जुम्लाबाट काठमाडौँ फर्किन सोमबार नेपालगञ्जसम्म एम्बुलेन्समा आएका उनले काठमाडौं फर्किने विमान नपाएपछि नेपालगञ्जमै अनशनलाई निरन्रता दिएका छन्। जुम्लामा अनशन बसेको आठौँ दिन सोमबार केसीले काठमाडौँमै सत्याग्रह जारी राख्ने बताएपछि नेपालगञ्जसम्म आएका थिए।

उनका सहयोगी डा. प्रवीण गिरीका अनुसार केसीलाई भेरी अस्पतालमा राखिएको छ। केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको डा। गिरीले जानकारी दिए।

 दुई वर्षअघि आफू अनशन बसेका बेला जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड भएको भन्दै केसीले यस वर्ष पनि त्यस्ता गतिविधि नहोस् भनेर काठमाडौँ जान लागेको विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

यो पनि पढ्नुहोस्

डा. केसीको १९औं अनशनमा कांग्रेस नेता शाहीको ऐक्यवद्वता

‘डा.केसीको स्वास्थ्य अवस्था तलमाथि भए त्यसको मूल्य सरकारलाई भारी हुनेछ’

कविता: उठ गोविन्दे उठ