शीर्षक: सहिद बन्न मन छ
आजको यो एक्काइसौं
सताब्दिमा पनि
मलाई फेरि सहिद बन्न मनछ।
विश्व मानव ईतिहासमा
बादरबाट मानव बन्दै
जंगली युगदेखी पुजीवादसम्म
मानव ईतिहास आईपुग्दा पनि
अझै उस्तै त्यस्तै बर्बर युगछ।
हो यस्तै युगहरुको परिवर्तन
गर्नको लागि फेरि पनि
मलाई सहिद बन्न मन छ।
अवश्य पनि हो कि
इतिहास ज्वलन्त साचो छ
त्यो युगलाई शहिदहरुले नै
ध्वस्त पारेका हुन् ,
मानव इतिहासकै त्यो चरणमा
बलियो दास युगलाई पनि
विध्वंस गर्दै सामन्तिहरुलाई
भुइँमा धुलो चटाउने
अरु कोहि नभई तिनै
प्रकृतिको बरदान रुपि
साहसी सन्तानहरु
जो सहिद बन्नलाई मन पराए
र त धरतिमा फेरि अर्को
सुनौलो घाम उदायो।
मान्छेले मान्छेलाई शासन गर्ने
घृणित कथित कानुन बनाएर
बसिखाने वर्गले
गरिखाने वर्गलाई
उत्पीडनमा राख्दै
अमानवीय तरिकाले
हत्याहिंसाको ताण्डव मच्चाउदै
यो सन्सार सामन्तहरुको मात्रै हो
पुजिपती बर्गहरुको मात्रै हो
भन्दै फुकेका बिगुलहरु
अपार वीरताले भरिएका
आकाश जत्रै हृदय भएका
प्यारा सहिदहरुले
ध्वस्त पार्दै चिराग बनाई दिए।
र त आज अलिअली भए पनि
समानता,सङ्घियता र गणतन्त्रको
कर्कस हल्ला बढ्दै छ ,
हो मलाई पनि यस्तै
ज्यान र प्राणको बाजि लगाउदै
कुशल कार्य गर्दै अघि बढ्न मन छ,
जस्तै चुनौतिको सामना गर्दै
फेरि अर्को नया सहिद बन्न मन छ।
तर, सबैलाई अवगत नै छ कि
बसिखाने बर्गले गरिखाने
बर्गको रगत नपिई बाच्नै सक्दैन
सर्वहारा जनताको रगतको मूल्य
किनबेच गर्ने केन्द्रीय पसल भनेकै
दलाल संसदिय ब्यबस्था हो।
समाजवाद उन्मुखी संविधान
बनायता पनि जनतालाई
भ्रमित बनाई संसदिय दोकान
निरन्तर खोल्नलाई मात्रै हो।
त्यसैले,
यस्तो घिनलाग्दो संरचनालाई
पुर्णरुपमा नष्ट गर्दै बिरोध र प्रतिरोध
गर्दै(गर्दा सहिद बन्न परे पनि
हाशिखुशी मलाई पनि
सहिद बन्न मन छ।
हो आज फेरि त्यी गङ्गालाहरु जस्तै
अनि,दस बर्षे जनयुद्धमा आफ्नो
अमुल्य प्राण बलिदान गर्दै
अनाधिकार सुनिश्चित गर्ने
हजारौं वीर योद्धाहरुले
हाशी हाशी सहिद बन्नु भए झैं
मलाई पनि गङ्गालाल बन्न मन छ
मलाई पनि महान र गौरवशाली
अर्को एउटा नया सहिद बन्न मन छ।
साम्राज्यवादी र विस्तारवादीहरुका
दलाल र नाईकेहरुलाई खतम गर्दै
पुजीवादीहरुको ठेकेडारी गर्ने
दलाल संसदीय ब्यबस्थालाई
फेरि कहिल्यै नपलाउने गरि
जरै देखि जुरुक्क फाल्दै गर्दा
सहिद बन्नुपर्छ भने पनि मुसुक्क हास्दै
मलाई पनि सहिद बन्न मन छ।
किन कि यसो नगर्ने हो भने
मालिक बर्गको स्वामित्व,शासन
र राज्य कहिले पनि हराउने छैनन्।
र यसैमा बनेका संविधान,नियम र
कानुन पनि,
ठुलाई चैन र सानालाई ऐन मात्रै हुने हो,
उदाहरण त हामीले दिन्दिनै
देखि सकेका छौं नि
निर्मला जस्ताले नपाएको न्याय र
७० करोड,७६ अर्ब,
बिखण्डनकारी र हत्याराहरुले
पाईरहेको उन्मुक्ति.
त्यसकारण,यस्तै बेथिति,थिचोमिचो,
बेइमानी,भ्रष्टाचार आदि अनेक
जनसमस्याको विरुद्धमा
निरन्तर संघर्ष गर्दै उच्चकोटिको
बैज्ञानिक समाजवाद स्थापना गर्न मन छ।
यीनै चुनौती र प्रतिरोधको सामना गर्दै
बरु मलाई पनि सहिद बन्न मनछ।