जुम्ला। जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा भेटिएको छ।
साविक हाँकु गाविसको उक्त स्थानमा गुफा फेला परेको हो। तातोपानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष धिरज जैशीका अनुसार उक्त गुफामा विभिन्न किसिमका ऐतिहासिक कलाकृति र मनोरम दृष्य छन्।
उनले उक्त गुफामा शेष नागको आकृति, ९ वटा दियो, मादल लगायतका विभिन्न आकृतिहरु रहेको बताए। आगामी दिनमा उक्त गुफाको विषयमा अनुसन्धान भन्दै उनले प्रचारप्रसार गर्न सकिए पर्यटकीय दृष्टिले उपयुक्त गन्तव्य हुनसक्ने बताए।