मन्त्री भट्टराईद्वारा युएईसँग पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह



काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएइ) लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बीबीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गरेका हुन्।

मन्त्री भट्टराईले कोभिड १९ को समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि युएई सरकारको सहकार्यको प्रशसा गदै आउदो दिनमा पनि सहकार्य जारी राख्न अनुरोध गरे। शिष्टाचार भेटमा राजदुत नाक्बीले काठमाडौं युएई उडान थप गर्न आग्रह गरेका थिए।