काठमाडौँ। तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेपछि पहिलो पटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय कमिटीका पेरिसडाँडामा सम्पन्न भएको छ।
उक्त वैठकले सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारे छलफल सुरु गरेको छ। आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार यसबारे बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएका छन् तर मापदण्ड भने बनिनसकेको छैन। नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो।
यस्तै बैठकले संवैधानिक राजनीतिक नियुक्तिका उपयुक्त निर्णय गर्न सरकारलाई सुझाव दिएको छ। यस्तै सांगठनिक एकीकरणका बँँकी कार्यभारत पूरा, रिक्त रहेका स्थायी समिति र केन्द्रीय समितिमा मनोनयन गर्नेलगायतका विषयमा पनि छलफल सुरु भएको श्रेष्ठले जानकारी दिए।
पूर्णकालिन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय पनि उनले बताए। यस्तै संघीय सांसदहरुले कोभिडको अवधिको बैठकभत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उनले बताए। उनले आजको बैठक सोमबार १ बजे पुनः बस्ने गरी स्थगित भएको जानकारी दिए।