मिलिजुली टिकटक परिवारद्वारा बृद्धाआश्रमलाई सहयोग



काठमाडौँ। गोगंबु ६ जलबिनायक चोक काठमाडौँमा रहेको हिमालय बृद्वाआश्रममा सामाजिक सञ्जाल टीकटकमा आवद्ध समूह (मिलिजुली टिकटक परिवार) ले एक कार्यक्रम गरि सहयोग हस्तान्तरण गरेको छ।

आश्रममा सहयोग गर्दै उक्त समूहले अझै पनि मानवता मरेको छैन भन्ने उदाहरणीय कार्य समाजमा देखाएको छ। सामाजिक सञ्जालले नराम्रो विकृती फैलाउछ भन्ने मात्र सन्देश दिएको समाजमा यस्ता कार्यपनि आजका युवाहरुले गर्छन् भन्ने कुरा छर्लङ्ग देखिएको छ।

एक औपचारिक कार्यक्रम नै गरेर कम्बल ३५ थान, चियापति १० केजि, बिस्कुट २० कार्टुन, लुगा धुने साबुन र नुहाउने साबुन २०/२० कार्टुन, सरफ ३५ के जि, चिउरा ५० केजि, दाल ५० केजि, फिनेल २० लिटर, चिनी ५० केजि, जुस २ कार्टुन, सेनिटाइजर २५ लिटर, चाउचाउ २ कार्टुन, भुजा १० केजि र आटा ५० केजिलगाएत अन्य दैनिक उपभोग्य सामन समुहमा आवद्ध व्यक्तिहरुले हस्तान्तरण गरेका हुन्।

यस अघि पनि कोरोना माहामारीका कारण बजारमा रगतको अभाव हुँदा कसैको पनि ज्यान नजाओस भन्ने भन्ने मुख्य ध्येयकासाथ रक्तदान कार्यक्रमको आयोजना गरेको मिलिजुली टिकटक परिवार समुहका संयोजक राजन कँडेल र कृपा अधिकारीले बताउछन्।

२०६१ सालदेखि सञ्चालनमा रहेको यो आश्रममा हाल १२ जना पुरुष र २२ जना महिला गरि जम्मा ३४ जना वृद्धबुबाआमाले आश्रय लिएका छ्न। केही व्यक्ति र संस्थाहरुको सहयोगमा डेढ दशकदेखि सञ्चालित आश्रममा स्थानीय सरकार वा अन्य कुनै सरकारी निकाएले ध्यान नदिएको आश्रमकी अध्यक्ष सरला पन्थीको भनाई छ।

यो आश्रमलाई १०० जना भन्दा बढी दाताहरुको सहयोगमा चलेको भएता पनि हाल खानेपानी र औषधी उपचारको समस्या रहेकोले सहयोगी हातहरुको पर्खाइमा बसेको अध्यक्ष पन्थिले बताईन।