बाढी पहिरोमा ज्यान गुमाएकाहरुको सम्झनामा बन्यो गीत (भिडियोसहित)


कालिकोट। निरन्तरको वर्षापछि आएको बाढी पहिरोमा परेर अकालमा ज्यान गुमाएका कालिकोटका ४८ जनाको सम्झनामा गीत बनेको छ।

‘नेकपा’ कालिकोटका नेता एवं सर्जक चित्र सिंह (गाउँले) को शब्द रचना तथा गायक रमेश कठायत (झलक) को संगीतमा तयार पारिएको ‘आँसु झर्छ’ बालेको गीत बजारमा आएको छ। गीतमा बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुको सम्झना गरिएको छ।

उक्त गीतमा चर्चित गायिका रेखा जोशी र रमेशको स्वर रहेको छ। रमेश कठायतकै निर्देशनमा तयार पारिएको गीतमा वर्षा भण्डारा, रमेश कठायत र रुवि श्रेष्ठको अभिनय रहेको छ।

जिल्लाका विभिन्न स्थानमा गत असारदेखि भदौ महिनासम्म गएको बाढी पहिरोमा परेर ४८ जनाले अकालमा ज्यान गुमाउनु परेको थियो भने ठूलो धनजनको क्षती भएको थियो।