काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा आज भारी वर्षा हुन सक्ने गरेको छ।
महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५ र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
यसैगरी, आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
यस्तै, सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।
त्यस्तै, राती देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।