काठमाडौँ। जापान १ असोज-कालीकोट जिल्ला खाडाचक्र नगरपालीका घरभई हाल जापानमा अध्ययनरत दिपक शाहीले कालीकोटका पाढीपिडितका लागी राहत संकलन गरेका छन्।
आफ्नो अध्ययन सगसगै सामाजिक कार्यमा लागी रहेका शाहीको पहलमा जापानमा वसोवास गदै आएका नेपाली मार्फत राहत संकलन गरेका हुन्।
कालिकोटका विभिन्न स्थानमा पहिरोका कारण हुन गएको मानवीय तथा आर्थिक क्षति प्रति दुःख व्यक्त गदैं आफु जन्मेको जिल्लामा पहिरोको कारणले गर्दा धेरै परिवारहरु विस्थापित हुन परेको अबस्था र यस दुःखको घडिमा पिडितहरुलाई थोरै भएपनि सहयोग गर्न सकेको खण्डमा सहयोग पुग्छकि भन्ने उद्देश्यले राहात संकलन गरेको शाहिले वताए।
शाही जापानमा रहेका विभिन्न संसस्थामा संलग्न हुदै जापानमा अध्ययनरत बिध्यार्थिमा आइपर्ने सानाठुला समस्या समाधान गर्न र उक्त समस्यालाइ संघसस्थाहरु सम्म पुर्याउने काम गर्दै आएका छन्।जापानमा रहेका संघसस्थामा संलग्न भएर देशभित्र र देशबाहिर समाजसेवा गर्ने आफ्नो ठुलो रुचि रहेको उनले वताए।
जापानमा अध्ययनरत शाहि NRNA japan kyushu sub-incharge पनि रहेका छन्। NRNA जापान क्युसु संस्था का सयोजक देबराज उप्रेतिको सल्ला र सयोग अनुसार NRNA जापान क्युसु संस्था भित्र र जापान अध्ययनरत बिध्यार्थि साथिहरुबाट कालिकोट बाडिपडित लाइ राहात संकलन गरेको उनले बताए।
जापानमा अध्ययनरत दिपक शाहीको व्यक्तीगत तर्फबाट 10,000 येन,चिरनजङ शाहिले,10,000 येन,दिपक चौलागाइले 5,000 येन,देबराज उप्रेतिले,2000 येन,अभी भुजेलले,5,000 येन,रुसान बिकेले 3000 येन,प्रेईज भण्डारीले 3000 येन, दिपक श्रेष्टले 5000 येन,सन्तोष नकर्मिले 2000 येन,कृष्ण मैनालिले 5000 येन
रामकृष्ण श्रेष्टले 1000 येन,केशब अधिकारिले 1000 येन,बसन्त घर्तिमगरले 3000 र अनिल शाहिले आफ्नो जन्मदिनको उपलक्ष्यमा 10,000 येन रकम सहयोग गरेका हुन्।
उक्त संकलित नेपाली रकम रु.७२ हजार २ सय रकम शाहिले एन.आर.एन क्युस्यु मार्फत कालीकोट लगाएतका समाजमा घटेका घटनाका समाचार सम्प्रेष्ण गर्ने स्थानीय मिडिया एप्पल खबर अनलाईलाइ पठाइएको छ।
उत्त रकमलाइ हाल सम्म राहत नपाएका वाढिपिडितको पहिचान गरि घटना स्थलमा उपस्थित भयर एप्पल खबरले सम्वन्धित निकाय सग समन्वय गरि पिडित परिवारहरुलाई समान तरिकाले हस्तान्तरण गर्नै छ।
साभार: एप्पलखबर डटकम