कोरोना भन्ने चिज यस्तो रहेछ कि जसले किराहरु किटनासक औषधी छरेपछी भुतुभुतु मर्छ्न्। त्यस्तै गरेर मानिसहरु पनि किरा मरे जस्तै भुतुभुतु लाखौको सङख्यामा मरिरहेछन्।
कोरोनाले यो विशाल विश्वमा महाकम्पन पैदा गरिरहेको छ। चिनबाट सुरु भएको कोरोना युरोप अमेरिका र हाम्रो असल छिमेकी भनेर चिनाउने भारत हुँदै हाम्रो देश नेपालसम्म पुगिसकेको छ। भारतमा दिनहुँ हजारौं मानिसहरुको ज्यान कोरोनाले ज्यान लिईरहेको छ। थुप्रै नेपालीहरु भारतमा कामको सिलसिलामा बसिरहेका हुन्छन्।
भारत सरकार ले लकडाउन गर्दा थुप्रै नेपाली घर फर्कीए त्यही कारणले पनि नेपालमा कोरोना छिर्यो र आखिरकार हाल आएर नेपालमा कोरोना सङक्रमितको सङख्या पचासौ हजारको सङख्यामा पुगिसकेको छ। सयौले ज्यान पनि लिईसकेको छ।
सुरुसुरुमा नेपालमा कोरोना नेपालमा देखा पर्दा मानिसहरु नेपालमा आको सामान्य रुघाखोकी मात्र हो भन्थे। आखिर आज आएर त्यो कुरा गलत साबित भएको छ। दिनानुदिन चरम लापरबाही गरेर राजनितिक दलहरु सङगठन बनाउने भन्दै ठाउँ ठाउँमा भेला गोष्ठी गर्ने गाउघरमा लकडाउनले गर्दा स्कुलहरु कार्यालयहरु बन्द भएको बेला एकै ठाउँ भेला जुवा तास खेल्ने इत्यादी कारणले गर्दा नै आज नेपालमा पनि कोरोनाले विशाल रुप लिएको छ।
अझै पनि हामी कोरोनाबाट कसरी बच्ने भन्ने नियमहरुको पालना गरेनौं भने नेपाल पनि अमेरिका ईटाली हुन कुनै बेर हुने छैन हामी त्यति खेर पछुतो मानेर बगेको खोला फर्किने छैन। अझै पनि केही ढिलो भको छैन। कोरोनाबाट आफू पनि बचौ र अरुलाई पनि यसबाट बच्न सल्लाह सुझाब दिउ। सामाजिक र भौतिक दुरी कायम गरौं र अर्को कुरा हतारमा कुनै पनि निर्णय घोषणा नगरौं।
त्यसले पछि गएर नराम्रो परिणाम निम्त्याउन सक्छ। नेपालमा ठाउँ ठाउँमा पिसिआर चेक नगरेर नै कोरोना मुक्त क्षेत्रहरु घोषणा गरिए। तर, आज आएर त्यसको परिणाम उल्टो भको छ।