काठमाडौँ। १०० ग्रुपले सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत सामाग्री प्रदान गरेको छ।
मंगलबार १०० ग्रुपका संस्थापक आशाराम यादव (अंक्षु) र कविता खाती (कबु)लगायत १५ जनाको टोलीले दुई लाख १० हजार मूल्य बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो।
१०० ग्रुपले सिन्धुपाल्चोक पुगेर राहत प्रदान गरिएको कविताले जानकारी दिएकी छन्। विभिन्न देश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट संकलन गरिएको लगभग दुई लाख १० हजार बराबरको सामग्री पीडितलाई प्रदान गरिएको हो।
हाल ईजरायलमा बस्दै आएकी समाजसेबि नुमा लिम्बूले ६० हजार सहयोग गरेकी थिइन्। त्यस्तै रेणु आचार्य, लिला गुरुङ, ओम श्रेष्ट, शान्ति शर्मा, शारदा भण्डारीले पनि पीडितहरूलाई सहयोग गरेकी थिइन।
गत शनिवार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नम्बर ७ का विभिन्न ठाउँमा पहिरो जाँदा ठूलो धनजनको क्षति भएको थियो। उक्त पहिरोमा परि करिब ३५ जना मानिसहरुको जीवन लिला समाप्त भएको अधिकारीहरुले बताएका छन्।