काठमाडौँ। प्याज कालाबजारी गर्ने चारजना ब्यापारीलाई प्रहरीले पक्रेको छ। उद्योग बाणिज्य तथा आफुर्तिमन्त्री लेखराज भट्टले बुधवार बजार अनुगमन गर्दा कालोबजारी गरेको भेटेपछि उनिहरुलाई पक्रन प्रहरीलाई आदेश दिएका थिए।
पक्राउ पर्नेमा काभ्रे घर भएका ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, ४६ वर्षीय सर्दिप तन्डुकार र बारा घर भएका ५० वर्षीय हरिनारायण शाह कलवार छन्। मंगलबार सम्म ४८ रुपैयाँमा बिक्री भईरहेको प्याज उनीहरुले १ सय २० रुपैयाँ प्रतिकेजी बेचेको अनुगनको गर्दा फेला परेको थियो।
भारतले निर्यात रोकेको बहनामा ब्यापारीले स्टोर गरेको प्याज महङ्गो मूल्यमा बेचेका हुन्। उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ‘एसपी’ सोमेन्द्र सिंह राठौरले बताए।