सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्न धौधौ



बझाङ। २१ भदौको झिसमिसे उज्यालो। अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरमा कुनै सदस्यले गल्ती पो गरिहाले कि भन्ने सोचेर उनले बाहिर निस्कन हिम्मत गरिनन् ।

तर, प्रहरी नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो। जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो। र, मनमनै सोचिन्– सरकारी कर्मचारी, त्यसमा पनि प्रहरीको यो अवस्था छ भने हामी जस्ताको त हिसाब नै हुँदैन ।                                                                                      भएको के रहेछ भने, सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी टोली भदौ २० को रात भोकभोकै सुत्नुपरेपछि एकाबिहानै रुप्सीको घरमा खाद्यान्न पैँचोका लागि पुगेको रहेछ।

यहाँ कार्यरत प्रहरीले खाद्यान्नको अभावमा यसरी नै पैँचो मागेर पेट भरिरहनुपरेको छ। यो समाचार आजको राजधानी दैनिकमा डीबी विष्टले लेखेका छन्।