विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला नियुक्त


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन्। कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो।

अनलाईनखबरका अनुसार कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक १२औं तहमा कार्यरत थिए। उनी वरिष्ठताका आकारमा निमित्त कार्यकारी निर्देशक तोकिएका हुन्।