सरकारको विशेष आर्थिक सल्लाहकारमा खतिवडा


काठमाडौँ। निवर्तमान अर्थमन्त्री डा.युवराज खतिवडालाई सरकारले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सरकारको आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो। अर्थमन्त्री बनेका खतिवडाले कार्यकाल सकिएपछि यही भदौ १९ गते राजीनामा दिएका थिए।