बाढी पीडितलाई कालिकोट काङ्ग्रेसको सहयोग


कालिकोट। नेपाली कांग्रेस कालीकोटद्धारा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई क्रिया खर्चबापतको नगद राहत सहयोग गर्दै आएको छ।
यहि भदौ १४ गते तिला गुफा नगरपालीकाको वडा नं १ नाग्मा बजारमा आएको बाढिबाट ज्यान गुमायका १० घरपरिवार मध्य ९ घरपरिवारलाई पहिरो प्रभावित क्षेत्रमै गएर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले राहत रकम हस्तान्त्रण गरिसकेकोे छ।

मंगलवार मात्र शुभकालिका गाँउपालिका वडा नं ७ निवासि तथा नाग्मवजारमा व्यवसाय गर्दै आएकि पान्का शाहीलाई नगद दश हजार क्रियाखर्च सहयोग गरेको छ।
उनलाई नेपाली कांग्रेस कालिकोटका पाटी सभापती हर्षबहादुर बम, महासमिति सदस्य तथा युवा नेता भुपेन्द्रजंग शाही, मोतिराज बमलगायतका नेताले  पार्टी कार्यालयमा हस्तान्त्रण गरेका हुन्।
पहिरोमा परी पान्का शाहीका श्रीमान सहित दुई छोरा र एक छोरीको मृत्यू भएको थियो । उनको परिवार व्यपार व्यवसायको शिलशिलामा नाग्मा बजार बस्दै आएका थिए।