काठमाडौँ। नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेविसंघका महामन्त्री मनोज वैद्यले कोरोना भाईरस ९कोभिड १९० बाट पीडित नागरिकहरुप्रति राज्यको उदासिनाताले पराकाष्टा नाघेको आरोप लगाएका छन् ।
दिउँसोको खाजा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री वैद्यले कोरोनाको मारले रोजगार गुमाएका र वेरोजगार विद्यार्थीहरु, दैनिक ज्यालादारी गरी विहान वेलुकाको छाक टार्ने श्रमिकहरु, महिला तथा बालबालिकाहरु भोकै बस्नुपरेको पीडाप्रति सरकारको उदासिनताले पराकाष्टा नाघेको आरोप लगाएका हुन् ।
महामन्त्रीको टिमले आजबाट मित्रपार्कस्थित पशुपती बहुमुखी क्याम्पसबाट खाजा खुवाउने कार्यक्रमको सुरुवात गर्दै वैद्यले भने– काठमाडौं उपत्यका बाहिरबाट आएका विद्यार्थी, मजदूरहरु बारम्बार लकडाउन, सटडाउन र निषेधाज्ञाका कारण रोजगार गुमाएर भोक–भोकै बस्नु परेको बताउदै महामन्त्री वैद्यले अहिले निषेधाज्ञा खकुलो गरिए पनी रोजगार अभावमा उनीहरुको अवस्था हातमुख जोर्न धौ धौ परिरहेको छ भन्दै यो खाजा खुवउने कार्यक्रमले केही हदसम्म राहत दिने भएकोले खाजा कार्यक्रम सुरु गरेको बताए।
वैद्यले बिगतमा पनि कोरोनाको मारले पीडित हरुलाइ विभिन्न राहतका कार्यक्रमहरु आफुले गरेको बताउदै यो खाजा खुवाउने कार्यक्रम पनि आफूहरुले सकेसम्म बढी समयसम्म वितरण गरिने प्रतिबद्धता ब्यक्त गरे। वैद्यले दैनिक फरक–फरक तरिकाको खाजाहरु कहिले भेज चाउमिन, फ्राईराईस, चिउरा अण्डा, चिउरा तरकारी गरेर खाजा वितरण गरिने जानकारी दिए ।