असोज ५ गतेदेखि सार्वजनिक यातायात खुल्ने


काठमाडौं। सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ।