सांसद थापामाथि आक्रमण प्रयास



दैलेख। कर्णाली प्रदेशसभा सदस्य शुसील थापामाथि आक्रमण प्रयास भएको छ। साथै उनी उपस्थित कार्यक्रम प्रभावित बनेको छ।

जनता भेटघाट कार्यक्रममा निर्वाचन क्षेत्र पुगेका थापामाथि आक्रमणको प्रयास भएको छ। सांसद थापा नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को सम्पर्क कार्यालय उद्घाटन गर्न भैरवी गाउँपालिका वडा नम्बर ३ स्थित छड्ने पुगेका थिए। सोमबार कार्यालयको उद्घाटन कार्यक्रममा स्थानीयले सांसद थापासँग विवाद झिकेको बुझिएको छ।

सांसद थापाले जनतालाइ झुटो आश्वासन दिएको भन्दै स्थानीयले सामान्य विवाद गरेको प्रहरी चौकी भैरवीका प्रहरी हवल्दार गोपाल खड्काले दुल्लूखबरलाइ जानकारी दिए ।

नेकपा टीम घरदैलो अभियान गरी पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै रहेछ’ उनले भने, ‘सांसद थापाले आफूले गरेको कामका बारेमा धारणा राख्दै गर्दा केही युवाले अक्रमणको प्रयास गरेका हुन्।

सांसद थापामाथि आक्रमणको प्रयास गर्नेहरुले कार्यक्रमलाइ समेत प्रभावित पारेको भन्दै नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय दुल्लू पठाइएको छ। कार्यक्रम भैरहेको समयमा आफूमाथि आक्रमण गरिएको सांसद थापाले बताए।